Skip to content

नारी दिवसको अवसरमा ज्योति क्यापिटलले ल्यायो नयाँ अफर, निःशुल्क मेरो सेयर खाता

काठमाडौं । ज्योति क्यापिटल लिमिटेडले ‘ज्योति क्यापिटल नारी सम्पन्नता निःशुल्क डिम्याट र मेरो सेयर खाता’ योजना सार्वजनिक गरेको छ । ज्योति क्यापिटलले अन्तर्राष्ट्रिय नारीहरूको सम्मानमा यो योजना ल्याएको हो ।

सेयर बजार प्रवेश गर्न डिम्याट खाता पहिलो शर्त भएको तथ्यलाई आत्मसाथ गर्दै महिलाहरुलाई पनि सेयर बजारतर्फ आकर्षित गरी एक आर्थिक रुपमा सम्पन्न नारी बन्न प्रेरित गर्ने उद्देश्यका साथ उक्त योजना ल्याएको छ । 

उक्त योजना अवधिभर नेपाली नारीहरु नाबालकदेखि साबालकसम्मले निःशुल्क डिम्याट र मेरो सेयर
खोल्न पाउनेछन् । 

ज्योति क्यापिटलमा अनलाइन डिम्याट र मेरो सेयर खाता खोल्नका लागि ज्योति विकास बैंक वा ज्योति क्यापिटलको वेबसाइट अथवा योलिंक  https://demat.jbbl.com.np/Demataccount/registration मा क्लिक गरी खोल्न सकिनेछ ।

उक्त योजना  फागुन २४ गते बिहीबारदेखि फागुन ३० गतेसम्म ज्योति क्यापिटल लिमिटेड तथा ज्योति विकास बैंकको सबै शाखा कार्यालयहरुबाट प्राप्त गर्न सकिने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T