काठमाडौं । साताको अन्तिम दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से सूचक ३.९१ विन्दुले बढेको छ । यससँगै सूचक २०२०.९४ अंकमा आएको छ । २१ लाख ५३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
आज प्रि ओपन सेसनमा ४१ कम्पनीको ४५ सय ५८ कित्ता सेयर कारोबार भएको छ । उक्त सेसनमा कुल ७० वटा कारोबार भएको हो । २७ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
प्रतिक्रिया दिनुहोस्