Skip to content

राष्ट्र बैंकले पूरा गर्यो लगानीकर्ताको माग, सेयर बजार चलायमान बन्ने अपेक्षा

काठमाडौं । सेयर लगानीकर्ताले बर्षौदेखि राख्दै आएको माग नेपाल राष्ट्र बैंकले पुरा गरेको छ ।

राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले नियतबस लगानीकर्ताको मर्म बिपरित लिएका दुई नीतिलाई राष्ट्र बैंकले आजदेखि हटाएको छ ।

राष्ट्र बैंकको यो नीतिले निरास बनेको सेयर बजारलाई सुधारको बाटोमा लैजान सहयोग गर्ने लगानीकर्ताको तर्क छ । गभर्नर डा. विश्वनाथ पौडेलले लिएको नीतिलाई उदार नीतिको रुपमा पनि कतिपयले ब्याख्या गरेका छन् ।

यो नीतिले सेयर बजारका लागि बाधक नभएर सहयोगी हुने छ । निवर्तमान गभर्नर अधिकारीले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा २५ करोड कायम गरेका थिए । यो व्यवस्था हटेको छ । सेयर लगानीकर्ताले महाप्रसादको कार्यकालदेखि नै यो व्यवस्था हटाउन माग गरेका थिए ।

त्यति मात्रै नभएर अर्थमन्त्री रामेश्वर खनालले पुँजी बजारमा आम लगानीकर्ताको मनोबल बृद्धिका लािग चाल्नुपर्ने प्रणालीगत तथा प्रकृयागत सुधार सम्बन्धी अध्ययन गर्न पुँजी बजार सुधार सुझाव कार्यदल गठन गरेको थियो । त्यो कार्यदलले तीन महिना भित्र तत्काल गर्नुपर्ने कार्यको पहिलो नम्बरमा नै बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा विद्यमान अधिकतम एकल ग्राहक सीमा २५ करोडलाई हटाउन सुझाव दिएको थियो ।

कार्यदलले यो व्यवस्था हटाउँदा सेयर कर्जामा बृद्धि भई लगानीकर्ताको मनोबल अभिवृद्धि हुने जनाएको छ । उक्त कार्यदलले दिएको सुझाव कार्यान्वयन हुन थालेको छ ।

यस्तै निवर्तमान गभर्नर अधिकारीले लिएको नीतिका कारण बैंक तथा वित्तीय संस्थानले दोस्रो बजारमा चाहे अनुसार सेयर किनबेच गर्न रोका रहेको थियो । राष्ट्र बैंकले आज गरेको व्यवस्थाले भने अब बैंक तथा वित्तीय संस्थाले दोस्रो बजारबाट सेयर किन्न पाउने भएका छन् ।

बैंक तथा वित्तीय संस्थाले खरीद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशत रकमसम्म बिक्री गर्न पाउने व्यवस्था थियो । यो व्यबस्था हटाएको छ ।

गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थालाई सेयर किन्न मिल्ने तर बेच्न नमिल्ने नीति लिएका थिए । यो व्यवस्था आजदेखि हटेको छ । लगानीकर्ताको विभिन्न संघ संस्थाले हरेक पटक राष्ट्र बैंकमा जाँदा यो व्यवस्था हटाउन माग गरेका थिए । वर्तमान गभर्नर पौडेललाई भेटदा पनि यो व्यवस्था हटाउन माग गरेका थिए । राष्ट्र बैंकले लगानीकर्ताको मुख्य माग पुरा गरेपछि बजारमा सुधार हुने लगानीकर्ताको बुझाइ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi