Skip to content

चीन र फ्रान्स आर्थिक सहयोग बलियो बनाउन प्रतिबद्ध

बेइजिङ । चिनियाँ उपप्रधानमन्त्री हे लिफेङले शुक्रबार फ्रान्सका अर्थ, वित्त तथा औद्योगिक तथा डिजिटल सार्वभौमसत्ता मन्त्री ब्रुनो ले माइरेसँग अनलाइन वार्ता गरेका छन्। सो अवसरमा दुवै पक्षले चीन(फ्रान्स उच्चस्तरीय आर्थिक तथा वित्तीय वार्ताका विषयमा गहन विचार आदानप्रदान गरेको बताइएको छ।

 

वार्तामा दुवै नेताहरूले दुई देशका राष्ट्राध्यक्षहरूले गरेको महत्त्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्न चीन फ्रान्ससँग मिलेर काम गर्न इच्छुक रहेको धारणा राख्नु भएको छ ।

चीन र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सवका अवसरमा चीनले आर्थिक र वित्तीय वार्तालाई सुदृढ गर्न, अटोमोटिभ, उड्डयन र दूरसञ्चार क्षेत्रमा सहयोगलाई प्रगाढ र विस्तार गर्न तथा द्विपक्षीय आर्थिक तथा व्यापारिक सम्बन्धलाई अघि बढाउन इच्छुक रहेको बताएको छ। 

त्यसैगरी फ्रान्सेली मन्त्री माइरेसले फ्रान्स(चीन आर्थिक र व्यापारिक सहयोगमा नयाँ गति बढाउन फ्रान्स चीनसँग सञ्चारलाई बलियो बनाउन इच्छुक रहेको बताएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T