Skip to content
Prabhu

भारतमा स्टार्टअपको राज, १८ थपिएर युनिकर्नको संख्या पुग्यो १०५

nabil

एजेन्सी । भारतमा स्टार्टअपलाई बढावा दिनका लागि भारतीय सरकारले सुरु गरेको फन्ड अफ फन्ड्स योजनाको सकारात्मक नतिजा दिन थालेको छ । यो योजनाअन्तर्गत हालसम्म १८ स्टार्टअप युनिकर्न बनेका छन् । अहिले भारतमा युनिकर्नको संख्या १०५ पुगेको छ । एक अर्ब डलरभन्दा बढी मूल्यांकन हुने स्टार्टअपलाई युनिकर्न भनिन्छ ।

भारत सरकारले सन् २०२४को डिसेम्बरसम्म १२९ वैकल्पिन लगानी कोषलाई १० हजार २२९ करोड दिने प्रतिबद्धता जनाएको छ । परिणामस्वरुप भारतमा १८ युनिकर्नलाई लगानी प्राप्त भएको छ । भारतीय लघु उद्योग विकास बैंकका अनुसार एफएफएस योजनाले ९२६ युनिक स्टार्टअपमा एआईएफका माध्यमबाट १७ हजार ५३४ करोड भारु लगानी प्राप्त भएको छ । यो योजनाले ७५ हजार करोडभन्दा बढी घरेलु पुँजी जुटाउन सहयोग पुगेको छ । 

सिडबीको फण्ड अफ फण्ड्सको योजना सन् २०१६ मा सुरु भएको थियो । यसमार्फत घरेलु स्टार्टअपतन्त्रलाई बढावा दिनका लागि १० हजार करोड भारतीय रुपैयाँ बिनियोजन गरिएको थियो ।

हाल भारतमा सेयरच्याट, लेन्सकार्ट, डिजिट, अनएकेडेमी, स्लाइस, डिलशेयर, क्योरफिट, स्पीनि, एको, ममाअर्थ, क्रेडएवेन्यु, माइग्लेम, पर्पल, जेटवेर्क, लिडस्वायर्ड, ड्राइनबक्स, फस्टक्राइ र युनिफोर युनिकर्न बनेका छन् । 

यसका साथै हेल्थ केयर क्षेत्रमा सर्वाधिक सहयोग प्राप्त भएको छ । स्टार्टअपमा ११ प्रतिशत हेल्थकेयर, हेल्थ टेक छन् । भारतमा साना सहरमा सुरु भएका स्टार्टअपमा पनि ठूलो लगानी प्राप्त भएको छ । सहरभन्दा बाहिर रहेका १२९ स्टार्टअपका लागि हालसम्म एक हजार ५९० करोड भारु प्राप्त भएको छ । 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal