Skip to content

राष्ट्रियसभा अध्यक्षमा दुई जनाले गराए उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रियसभा अध्यक्षको निर्वाचनका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन्। आज बिहान ११ बजेदेखि १ दिउँसो बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएकोमा माओवादीका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहालका सहोदर भाइ नारायण दाहालले संघीय संसद्को ल्होत्से हलमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

उनीसँगै नेपाली कांग्रेसका लागि लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचित युवराज शर्माले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्तापछि दुवैले सँगै तस्बिर खिचाएका छन्। साढे १ बजे उम्मेदवारको नामावली प्रकाशित गरिनेछ। 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi