Skip to content

हिमालयन बैंकले स्थानान्तरण गर्‍यो गोंगबु शाखा

nabil bank

काठमाडौं । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि गोंगबु शाखालाई स्थानान्तरण गरी हात्तीगौंडा, बूढानीलकण्ठ–८ काठमाडौंबाट सेवा विस्तार गरेको छ।

गत फागुन २७ गते बैंकको उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले अन्य कर्मचारीहरूको उपस्थितिमा गरेका हुन्।

यसैगरी बैंकको कावासोती शाखा–२ लाई पनि गोछडा–१७ नवलपुरमा स्थानान्तरण गरी फागुन २७ गतेदेखि सेवा सुरु गरेकोे छ।

हाल बैंकले १ सय ७४ शाखा, २० विस्तारित काउन्टर, २ सय ६४ एटिएम, ६ हजार ५०० भन्दा बढी पिओएस टर्मिनल र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट ग्राहकहरूलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
citizen life
MAK 4T
Arghakhachi