काठमाडौं । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादसैँका रुपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरुपमा मनाउँदैछन् ।
अहिले दसैंको बिदा सुरु भएको छ । सबैतिर सार्वजनिक बिदा भएपनि बैंकहरुले भने बिदाको समयमा पनि सेवा दिने भएका छन् ।
बैंकहरुले आज सबै प्रदेशका निश्चित तोकिएका शाखा खोल्ने छन् । बैंकहरुले फरक फरक समयमा सेवा दिने जनाएका छन् । यो सँगै सेवाग्राहीलाई सहज हुने अपेक्षा समेत गरिएको छ ।














प्रतिक्रिया दिनुहोस्