Skip to content

बिहीबार नेप्से २७.८४ अंक घट्यो, ३ अर्ब ९४ करोडको कारोबार

nabil bank

काठमाडौं । सातको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २७.८४ अंक घटेर २०८०.८७ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.८३ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८० अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार पनि घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब २२ करोडको सेयर खरिदबिक्री भएको  आज बजारमा ३०३ स्टकको ६६ हजर १०७ पटकको कारोबारमा ३ अर्ब ९४ करोड ३५ लाख रुपैयाँ बराबरको १ करोड १४ लाख ८३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्सेमा करेक्सन भए पनि दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।  विन नेपाल लघुवित्त वित्तीय संस्था र मानुषि लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। 

आज १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जीवन बिमा उपसमूहको परिसूचक सर्वाधिक २.६५ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन लघुवित्त उपसमूहको परिसूचक २.०९ प्रतिशत घटेको छ भने बैंकिङ, विकास बैंक, वित्त, लगानी, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi