Skip to content

नाडा प्रतिनिधिद्वारा भौतिक पूर्वाधारमन्त्री महासेठलाई २६ बुँदे सुझाव पेस

काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार नवनियुक्त उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँग भेट गरी २६ बुँदे सुझाव पेस गरेको छ ।

उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले सो मन्त्रालयसँग सम्बन्धित नाडाको समुचित सम्बोधन र समाधानका लागि आग्रहसमेत गरेका छन् । भेटवार्तामा अटोमोवाइल क्षेत्रका विभिन्न समस्याहरुका सम्बन्धमा छलफल भएको हो ।

छलफलको अन्त्यमा उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री महासेठले सवारी साधनहरुको सीसीको आधारमा इम्बोष्ड नम्बरप्लेट जारी गर्न सकिने बताउँदै प्रदेश तहका समस्याहरु छन् भने प्रदेश सरकारमा नै सुझावहरु राख्न सकिने बताए ।

सोही छलफलको क्रममा उपप्रधानमन्त्री महासेठले मोटरसाइकलको वर्गीकरण सीसीको आधारमा गर्न सकिने भन्दै सवारी साधनहरुको लागि पारकिङ्गको सुविधा सम्बन्धित वडा कार्यालयहरुले गर्ने बताए । उपप्रधानमन्त्री महासेठले नाडाले राखेका उक्त सुझावहरुका सम्बन्धमा आवश्यक पहल गरिने आश्वासन दिए ।

यस्ता छन् सुझावहरुः

१. सडक मर्मत सम्भार दस्तुर

२. सवारी साधन कर

३. सवारी साधनहरु सडकमा गुडेपछि मात्र सवारी कर लाग्ने व्यवस्था

४. अटोमोवाइल कम्पनीहरुको दर्ता प्रक्रिया

५. इम्बोष्ड नम्बर सवारी साधनहरुमा अनिवार्य लागु गर्ने

६. दुइपांग्रे सवारी साधनहरुलाई अत्यावश्यकिय सवारी साधनको रुपमा लिनुपर्ने

७. सवारी साधन कर तिर्ने व्यवस्था सहज हुनुपर्ने

८.नामसारी

९.करहरुको भुक्तानी अनलाइन मार्फत गर्ने प्रणाली हुनुपर्ने

१०. जरीवानाको दायरा

११. सरुवा सहमती

१२. सवारी साधन पैठारीकर्ताहरुको लागि छुट्टै डेस्कको स्थापना

१३. सेवाग्राहीलाई सुविधा

१४. रसिदमा एकरुपता हुनुपर्ने

१५. मोटरसाइकल प्रयोगकर्ता दुवैले हेलमेट लगाउनुपर्ने

१६. लाइसेन्स वितरण सहज हुनुपर्ने

१७. दुई पाँगे्र सवारी साधनहरुको वर्गीकरण

१८. सहजीकरणको भूमिका निर्वाह

१९. उच्चस्तरका सवारी साधनहरुको लागि हरियो स्टिकर दिने प्रक्रिया

२०.  पाकिङ्गस्थलको अभाव 

२१. विशेष आर्थिकक्षेत्र वा औद्योगिक ग्रामको निर्माण 

२२. चार्जिङ स्टेसनको निर्माण र विद्युतिय सवारी साधनको व्यवस्था

२३.  सवारी चालक तालिमको व्यवस्था

२४. अटोमोवाइल वर्कशपहरुमा रोजगारीको व्यवस्था

२५ . अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण

२६.  सिमेण्ट मिक्सरको काम गर्ने सवारी साधनको आयातका सम्बन्धमा सुझावहरु पेस गरेको हो ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal