Skip to content

आज नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकम घट्यो

nabil bank

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक  नेप्से परिसूचक ३.२७ अंक बढेर २०७३.५३ विन्दुमा पुगेको छ। त्यसैगरी आज सेन्सेटिभ इण्डेक्स १.३० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२३ अंक बढेको छ।

नेप्से बढे पनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन ३ बर्अ ३८ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०३ स्टकको ५३ हजार २५६ पटकको कारोबारमा २ अर्ब ८८ करोड ५६ लाख रुपैयाँ बराबरको ७४ लाख ५९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

 पाँच स्टकको सयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज गोर्खाज फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, पिपुल्स पावर, धौलागिरी लघुवित्त वित्तीय संस्था र पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबारमा आएको मानुषि लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य भने आज  सर्वाधिक ५.१५ प्रतिशत घटेको छ।

१३ उपसमूहमध्ये आज ९ उपसमूहको परिसूचक घटेको छ भने ४ उपसमूहको परिसूचक बढेको छ। यस दिन विकास बैंक र वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको हो। कारोबारमा आएको बैंकिङ, लगानी, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक घटेको हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime