Skip to content

नेपाल फाइनान्सको १ लाख ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नेपाल फाइनान्स कम्पनीले संस्थापक सेयरधनी निरज श्रेष्ठको नाममा रहेको १ लाख ४० हजार ९ सय ६३ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

 उक्त सेयर खरिद बिक्रीको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिभित्र कम्पनीको सेयर रजिष्ट्रार, प्रभु क्यापिटल लिमिटेड, काठमाडौं वा कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा आइपुग्नेगरी आवेदन पेस गर्ने सक्नेछन् ।

त्यस्तै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा कानुनबमोजिम कम्पनीले व्यक्ति, कम्पनी वा अन्य संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले सूचनामार्फत जानकारी दिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T