Skip to content

मंगलबार नेप्से ६.२४ अंकले घट्यो, कारोबार रकम भने बढ्यो

nabil bank

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक  ६.२४ अंक घटेर २०६७.२९ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.१६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४२ अंक घटेको छ।

नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ८८ करोडको शेयर खरिदबिक्री भएको बजारमा ३०७ स्टकको ६३ हजार ८०१ पटकको कारोबारमा ३ अर्ब ६३ करोड ३९ लाख रुपैयाँ बराबरको ९४ लाख ७८ हजार कित्ता सेयर कारोबार भएको छ।

आज तीन स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी, सर्वोत्तम सिमेन्ट र धौलागिरी लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन इन्फिनिटी लघुवित्त, भगवती हाइड्रोपावर र युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। 

१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.१० प्रतिशत बढेको हो। त्यस्तै, यस दिन लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.३८ प्रतिशत घटेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime