Skip to content

महेन्द्रनगरमा बजार अनुगमन, ढकहरुमा सन्तुलन नभएको भेटियो

महेन्द्रनगर ।  कञ्चनपुरको महेनद्रनगरमा  बजार अनुगमन गरिएको छ । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको नेतृत्वमा सरोकारवाल निकायसहित संयुक्त बजार अनुगमन गरिएको हो । महेन्द्रनगर बजारको सब्जीमण्डदेखि मासु पसल र फड्मा राखिएका फलफुल लगायतका पसलको अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जानकारी दिए।

‘अनुगमनका क्रममा सडेगलेका तरकारी, फलफूलदेखि जोख्ने ढकहरुमा सन्तुलन नभएको समेत भेटियो ।” सहायक प्रमुख जिल्ला अधिकारी जोशीले भने, ‘बजार क्षेत्रमा फड्मा फलफुल बिक्री गर्नेहरुले नगरपालिकालाई कर बुझाएको विषय पनि स्पष्ट देखिएन ।’ उनले करदाताको पहिचान नै नहुने गरी कर सङ्कलन भए÷नभएको विषयमा भीमदत्त नगरपालिकालाई पत्राचार समेत गरिने बताए ।

‘अनुगमनका क्रममा मासु पसलमा सरसफाइको निकै अभाव पनि देखियो ।’ उनले भने ‘सुधारका लागि पहिलो पटक हामीले निर्देशन दिएका छौँ ।’ त्यसैगरी नयाँ सब्जीमण्डीमा ढक÷तराजुमा गडबढी देखिएका पाँच÷छ पसलबाट ढक नियन्त्रणमा लिइएको जानकारी दिए। 

स्थानीय प्रशासनको अगुवाइमा भएको बजार अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालय, आन्तरिक राजस्व कार्यालय, भीमदत्त नगरपालिकाका नगर प्रहरी, जिल्ला प्रहरी कार्यालयको प्रहरी टोली र पत्रकार महासङ्घका प्रतिनिधि सहभागी थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi