Skip to content

सुन–चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २६ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख २६ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ।  शुक्रबार प्रतितोला १ हजार ५ सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १५ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ। 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २१ सय ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T