Skip to content

सोमबार नेप्से १७ अंकले घट्यो, कारोबार रकम २ अर्ब ४८ करोड

काठमाडौं ।  साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक १७.०१ अंक घटेर २०३१.५५ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.६४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७५ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ।  गत बिहीबार ४ अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएको बजारमा आज ३०४ स्टकको ४४ हजार २३६ पटकको कारोबारमा २ अर्ब ४८ करोड ९१ लाख रुपैयाँ बराबरको ७० लाख ६१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से घटेपनि यस दिन दुई स्टकको सयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।  बोटलर्स नेपाल (बालाजु) र सर्वोत्तम सिमेन्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। 

१३ उपसमूहमध्ये आज ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। आज उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.१९ प्रतिशत बढेको छ। कारोबारमा आएको लघुवित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.२५ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन बैंकिङ, विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life