Skip to content

सुजुकीको नयाँ वर्ष अफरमा १० हजार नगद छुट, अरु के–के छन् अफर ?

काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोबाइल्सले ग्राहक वर्गलाई मध्यनजर गर्दै नयाँ वर्ष अफर ल्याएको छ । ‘नयाँ वर्ष २०८१ क्यास पाउँ एक्कासि’ नाम दिइएको उक्त योजनाअन्तर्गत ग्राहकहरूले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ नगद छुट पाउनेछन् । 

यस्तै थप स्क्राच कार्डमार्फत १ लाख सम्म क्यास वा  कुनै पनि  पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा बजार प्रचलित मूल्यांकनभन्दा थप मोटरसाइकलमा १५ हजार र स्कुटरमा २० हजार रुपैयाँ प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । साथसाथै फाइनान्समा शून्य प्रतिशत ब्याजदरमध्ये जुन ठीक लाग्छ ग्राहकवर्गले सोही छनोट गर्न सक्ने कम्पनीले जनाएको छ । 

सुजुकीका कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा कम्पनीले ५ वर्षको इन्जिन वारेन्टीका साथै २० वटा सर्भिस कुपनको सुविधा पनि उपलब्ध हुने जनाएको छ । यो योजना चैत  १४ देखि ज्येष्ठ १८ सम्म लागू हुनेछ । बहुराष्ट्रिय कम्पनी सुजुकीले सन् १९५० देखि मोटरसाइकल उत्पादन गर्दे आइरहेको छ । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal