Skip to content

होन्डाले ल्यायो नयाँ वर्षको अफर, गाडी खरिद गर्ने ग्राहकलाई नगद छुट

काठमाडौं । होन्डाले नयाँ वर्षको अफर सार्वजनिक गरेको छ । स्याकार ट्रेडिङ कम्पनीअन्तर्गत होन्डा कारले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा एक अफर सार्वजनिक गरेको छ ।  जसअनुसार होन्डाको गाडी खरिद गर्ने ग्राहकहरूलाई नगद छुट तथा अन्य सुविधासहित स्किम निकालेको छ ।
जसअन्तर्गत कम्पनीले २० प्रतिशत डाउनपेमेन्ट, १०.४९ प्रतिशत ब्याजदर, एक आर्थिक वर्षको टयाक्स फ्री, एक आर्थिक वर्षको फुल इन्स्योरेन्स र आकर्षक नगद छुटसहित ग्राहक वर्गको सुविधालाई ध्यानमा राखी रोड साइड असिस्ट पनि फ्रि दिने घोषणा गरेको छ । 
यो अफर मिति २०८०र१२र१ गते बाट लागु गरिएको छ भने उक्त्त अफर २०८१ साल वैशाख ३१ गते सम्मका लागि हुने कम्पनीले जनाएको छ ।
sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal