Skip to content

होण्डाले नेपाली बजारमा भित्र्यायो एनएक्स २००, मूल्य कति ?

काठमाडौं । दुईपांग्रे सवारीसाधनमा नेपालमा सर्वाधिक विक्री हुने होण्डाले आफ्नो नयाँ बाइक एनएक्स २०० नेपाली बजारमा भित्र्याएको छ।

एनएक्स २०० बाइक सिटी राइडिङ र लामो दुरीको यात्रा दुवैका लागि उपयुक्त भएको कम्पनीले जनाएको छ । यसको ‘अप–राइट पोजिशन’ र टायरको ‘टफ ट्रेड प्याट्रन’ले आरामदायी यात्रा सुनिश्चित गर्ने दाबी कम्पनीको छ।

एनएक्स २०० मा उपलब्ध ‘वाइण्ड भाइजर’ र ‘एलईडी विङ्कर’ सहितको ‘नकल ’सुरक्षा फिचरलाई बढाउनुको साथै बाइकलाई झनै आकर्षक बनाएको छ।

‘लिक्युइड क्लियर’ डिजिटल मिटर र चालकलाई पायक पर्ने गरी चाबी हाल्ने ठाउँ ट्याङ्कीमै हुनु पनि यसको थप विशेषता हो।

यसमा रहेको ‘फ्रन्ट ए बी एस सिस्टम’ र  ‘डुअल पेटल डिस्क ब्रेक’ले चाहेको बेला रोक्न सक्ने क्षमता राख्दछ, जुन स्वतन्त्र र निस्फिक्री यात्राको लागि अत्यावस्यक हुन्छ।

१० वर्ष सम्मको वारेन्टी प्याकेजमा हाललाई विभिन्न चार रङ्गहरूमा उपलब्ध यो बाइकको सुरुवाती बिक्री मूल्य ४ लाख ७९ हजार ९ सय रुपैयाँ तोकिएको कम्पनीको भनाइ छ। औपचारिक बिक्री वितरण गत चैत १५ गतेबाट सुरु गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal