Skip to content

टेस्लालाई चिनियाँ मोबाइल निर्माता कम्पनी शाओमीको टक्कर

एजेन्सी । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी शाओमीले पहिलो विद्युतीय कार सार्वजनिक गरेको छ । यसका लागि कम्पनीले अर्डर लिन पनि सुरु गरिसकेको छ ।

एक कार्यक्रममा कम्पनीका मुख्य कार्यकारी अधिकारी लि जुनले कम्पनीको स्ट्यान्डर्ड एसयू७ मोडेलको मूल्य दुई लाख १५ हजार ९०० युआन  अर्थात् २९ हजार ८७२ अमेरिकी डलर हुने र म्याक्स भर्सनको मूल्य दुई लाख ९९ हजार ९०० युआन हुने जानकारी दिए । 

कम्पनीका अनुसार पहिलो विद्युतीय कार सार्वजनिक गरेको २७ मिनेटभन्दा कम समयमा ५० हजारभन्दा बढी कारका लागि अर्डर प्राप्त भइसकेको छ । शाओमीले विद्युतीय कार बजारमा यस्तो समयमा प्रवेश गर्न गइरहेको छ जुन समयमा वैश्विक स्तरमा कारको बिक्री कम भइरहेको छ । जसले गर्दा मूल्यलाई लिएर नयाँ प्रतिष्पर्धा सुरु भएको छ । 

जानकारहरु शाओमीको प्रतिष्पर्धा टेस्ला र वीआईडीसँग हुने आकलन गरेका छन् । हाल यी दुवै कम्पनीहरु विद्युतीय कारको बजारमा अग्रणी मानिन्छन् । चीनमा टेस्लाको नयाँ मोडल ३ को सुरुआती मूल्य दुई लाख ४५ हजार ९०० युआन छ ।

के छ एसयू७ मा ?

ली जुनका अनुसार एसयू७ एक पटक पूरा चार्ज गरिसकेपछि करिब ७०० किलोमिटरको दूरी तय गर्न सक्छ । यो मोडल टेस्ला मोडल ३ को तुलनामा राम्रो छ । टेस्लाको सो मोडल एक पटक चार्ज गरिसकेपछि अधिकतम ५६७ किलोमिटरसम्म चल्न सक्छ ।

कम्पनीलाई एसयू७मा एउटै अपरेटिङ प्रयोग गर्नेछ  जुन प्रणाली उसले स्मार्टफोन, ल्यापटपलगायतका  अन्य डिभाइसमा प्रयोग गरेको छ । जसले गर्दा उपभोक्तालाई मन पर्ने कम्पनीको दाबी छ । 

रिसर्च कम्पनी काउन्टरप्वाइन्टका अनुसार वैश्विक स्तरमा विश्वभर स्मार्टफोन बिक्री गर्ने शाओमी तेस्रो ठूलो कम्पनी हो । अन्तर्राष्ट्रिय बजारमा यसको बजार हिस्सा १२ प्रतिशत छ । अघिल्लो वर्ष कम्पनीले एसयू७ सार्वजनिक गर्ने संकेत देखाएको थियो । 

शाओमीको नयाँ कारको प्रतिष्पर्धा चिनियाँ सरकारी स्वामित्वको बीएसआईसी ग्रुपको एक फ्याक्ट्रीसँग हुनेछ । यो फ्याक्ट्री बेइजिङमा छ र कम्पनीले एक वर्षमा  कम्तीमा दुई लाख कार उत्पादनको लक्ष्य लिएको छ । 

अटोमोबिलिटीसँग सम्बन्धित जुडो बिल रुसोका अनुसार अहिलेसम्म कम्पनी जुन स्तरसम्म पुगेको छ यो निकै ठूलो उपलब्धि हो । तर सबैभन्दा ठूलो उपलब्धि तब हुनेछ जब शाओमी विद्युतीय कारसँगको प्रतिष्पर्धामा उसले बजारमा आफ्नो हिस्सा बनाइराख्नेछ । 

यद्यपि यस्ता कम्पनीहरुसँग हाल बजारमा चुनौतीहरु भने ठूलो छ । आइफोन निर्माता कम्पनी एप्पलले पनि गत महिना विद्युतीय कार उत्पादन गर्ने योजना रद्द गरेको थियो । उनका अनुसार शाओमी कार बजारमा प्रवेश गर्नुको अर्थ यसलाई चीनमा आफ्नो बजार सुरक्षित छ भन्ने विश्वास हुनु पनि हो । शाओमीले आगामी १० वर्षमा विद्युतीय कारमा  १० अर्ब डलर लगानी गर्ने योजना बनाएको छ । 

रायस्ट्यान्ड इनर्जी नामक रिसर्ज कम्पनीसँग जोडिएका अभिषेक मुरीका अनुसार चीनमा विद्युतीय कार निकै परिवक्क छ । यसका कारण यहाँ एक स्थिर इलोसिस्टम निर्माण भएको छ । जसकारण कार निर्माता कम्पनीहरुलाई सहयोग पुग्नेछ । चीनमा ब्याट्री सप्लाइ चेन निकै बलियो छ । साथै विद्युतीय कारको बढ्दो मागलाई मध्यनजर गर्र्दै चार्जिङ स्टेसनको नेटवर्क पनि बनाइएको छ ।

टेस्लाका मालिक एलन मस्कले  चीनमा विद्युतीय कारमा बढ्दो प्रतिष्पर्धालाई हेर्दै चीनको बजारमा टेस्लाको मूल्य कैयन हजार कम गरिसकेका छन् । साथै विश्वका सबैभन्दा धेरै विद्युतीय कार बिक्री गर्ने बीवाईडीले पनि कारको मूल्य घटाएको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal