Skip to content

मेगा बिजनेस ग्रुपले सीएचटिसी मोटर्सका उत्कृष्ट चिनियाँ भ्यानहरु नेपाल भित्र्याउँदै

 

काठमाडौं । चाइना हाई टेक अफ रोड भेहिकल कम्पनी (सीएचटिसी मोटर्स) को नेपालको लागि आधिकारिक बिक्रेताको रुपमा मेगा बिजनेस ग्रुप नियुक्त भएको छ । यी दुई कम्पनीहरुले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

यस अनुसार अब  मेगा बिजनेस ग्रुपले  सीएचटिसी मोटर्सद्वारा निर्मित ११, १४ र अन्य सिट क्षमताका विद्युतीय भ्यानहरुको नेपाली बजारमा बिक्री वितरण गर्नेछ । ‘व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न सकिने यी भ्यानहरु वातारण मैत्री एवं प्राविधिक दृष्टिकोणले उत्कृष्ट रहेको कम्पनीले जानकारी गराएको छ ।   साथै अपिलको अन्त्यतिर यी उत्पादनहरु नेपाली बजारमा उपलब्ध हुने छन् ।  

६ वर्ष वा ३ लाख किलोमिटरको वारेन्टी , ४१.८६ किलोवाट क्षमताको ब्याट्री, २८५ किलोमिटर रेञ्ज (एक पटकको फुल चार्जमा), लिथिएम आएन ब्याट्री प्याक,  २०५ एम. एम. ग्राउण्ड  क्लिएरेन्स, सुविधाजनक कम्पनी जडित लेदर सिट र लेग स्पेस आदि यी गाडीका विशेषताहरु रहेका छन । 

यिनीहरुमा ३६० डिग्रीको दृश्य देखिने क्यामरा पनि जडित छ जुन नेपालमा हाल उपलब्ध अन्य कुनै पनि भ्यानहरुमा पाइदैन । त्यस्तै विशेषतः ११ सिट क्षमताको भ्यानमा बुट स्पेस समेत उपलब्ध छ । 

चीनको सरकारद्वारा सञ्चालित  सीएचटिसी मोटरस विश्वको ५०० सर्वोत्कृष्ट   कम्पनीहरु मध्येको  सिनोमाच ग्रुपको एक इकाई हो  । समुच्च प्रविधिमा आधारित  सीएचटिसी मोटरस चीनको अटोमोबाइल बजारमा अग्रणी नाम हो ।    

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal