Skip to content

बुधबार नेप्से १० अंकले घट्यो, कारोबार ३ अर्ब ४८

काठमाडौं । साताको चौथो दिन बुधबार नेप्से परिसूचक १०.३० अंकले घटेर २०२५.७० विन्दुमा झरेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स १.९६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५७ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएको बजारमा आज ३०८ स्टकको ६१ हजार ४२० पटकको कारोबारमा ३ अर्ब ४८ करोड ५६ लाख रुपैयाँ बराबरको ८६ लाख ९६ हजार कित्ता शेयर कारोबार भएको छ।

आज माण्डु हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.६९ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन खानीखोला हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने गुराँस लघुवित्तको सेयरमूल्य करिब ८ प्रतिशत बढेको छ। कारोबारमा आएको सिंगटी हाइड्रोको सेयर भने यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, विन नेपाल लघुवित्तको शेयरमूल्य करिब १० प्रतिशत घटेको छ।

१३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक १.४६ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.१३ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक सर्वाधिक २.५० प्रतिशत घटेको छ। 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life