Skip to content

ललितपुरको बालकुमारीमा रोयल इन्फिल्डको ‘ट्रेनिङ सेन्टर’ सञ्चालन

काठमाडौं । रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले ललितपुरको बालकुमारीमा रोयल इन्फिल्डको ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याएको छ।

सो ट्रेनिङ सेन्टरबाट रोयल इन्फिल्डको जनशक्तिलाई श्रेणीगत ट्रेनिङ दिनेछ भने, फ्रिलेन्स मेकानिक, अटोमोबाइल डिप्लोमा होल्डर, राइडर कम्युनिटी, मोटो–भ्लगररमोटो–ब्लगररमोटो जोर्नालिस्टलाई समेत ट्रेनिङ प्रदान गरिने बताइएको छ।

यो ट्रेनिङबाट दक्ष जनशक्ति उत्पादन हुने विश्वास कम्पनीले लिएको छ। रोयल इन्फिल्ड सर्भिसका नेसनल बिजनेस हेड सन्जयराम पत्रिकार र अल्फा अटोमोटिभका प्रबन्ध निर्देशक हर्षवर्धन संघाइले संयुक्त रूपमा ट्रेनिङ सेन्टरको उद्घाटन गरेका हुन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

national life
MAK 4T
Arghakhachi