काठमाडौं । प्रहरीले मृदुला सरियालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई नेपाल बीमा प्राधिकरणको प्रत्र अनुसार ट्रष्ट इन्स्योरेन्स ब्रोकर प्रालिमा गरिएको निरीक्षण प्रतिवेदन अनुसार बीमा ऐन, २०७९ को दफा १४० उपदफा (१) को खण्ड (छ) र (झ) बमोजिमको कसुर गरेको पाएपछि पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक तथा सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिए।
उक्त कसुरमा संलग्न झापा जिल्ला साबिक भद्रपुर गाबिस–११ बस्ने ३९ बर्षीय सरियालाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमती लिई आजै काठमाडौं महानगरपालिका– ५ सानो गौचरणबाट पक्राउ गरिएको हो ।
यस बिषयमा थप अनुसन्धान भईरहेको जबराको भनाइ छ । सरियाले ट्रष्ट इन्स्योरेन्स ब्रोकरबाट लिएको कर्जामा कैफियत देखिएको छ ।









प्रतिक्रिया दिनुहोस्