काठमाडौं । प्रहरीले व्यवसायी शंकरलाल अग्रवाललाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अग्रवाललाई आज बुधबार डिल्लीबजारबाट पक्राउ गरेको हो ।
सीआईबीका एसएसपी अनुपम शमशेर जबराले अग्रवाल पक्राउ परेको पुष्टि गरे ।
अग्रवाल बैंकिङ कसुर सम्बन्धी मुद्दामा फरार रहेको बताइएको छ । कर्जा दुरुपयोग सम्बन्धी मुद्दा उच्च अदालत पाटनमा विचाराधीन रहेको छ । सीआईबीले उनलाई उच्च अदालतमा उपस्थित गराएको छ ।
”नेपाल राष्ट्र बैकको प्रत्र जाहेरीले वादी नेपाल सरकार प्रतिवादी दिपक भट्ट समेत भएको बैकिङ कसुर तथा सजाँय ऐन २०६४ अन्तर्गतको कसुरमा वारदात मितिदेखि फरार रहेका काठमाडौं जिल्ला का.म.न.पा. ४ स्थायी ठेगाना भएका प्रतिवादी शंकरलाल अग्रवाललाई आज यस व्यूरोवाट खटिएको प्रहरी टोलीले काठमाडौं जिल्ला का.म.न.पा.-३० डिल्लीबजारबाट पक्राउ गरि उच्च अदालत, पाटनमा उपस्थित गराईएको छ” सीआईबीले भनेको छ ।










प्रतिक्रिया दिनुहोस्