Skip to content
Prabhu

नगदको समस्यामा परेका अजेय सुमाग्रीले ८० करोडमा बेचे विशालनगरमा रहेको जग्गा, ज्योति विकास बैंकले किन्ने

काठमाडौं । पछिल्लो समय नगद अभावको समस्यामा परेका व्यवसायी अजेय सुमाग्रीले विशालनगरमा रहेको जग्गा ८० करोड रुपैयाँमा बिक्री गरेका छन् ।

ज्योति विकास बैंकले कर्पोरेट कार्यालय निर्माणको लागि सुमाग्रीसँग सो जग्गा किन्न लागेको हो ।

ज्योति विकास बैंकले विशालनगरमा २६२०.६८ वर्गमिटर क्षेत्रफल भएको जग्गा प्रति आना ९७ लाखमा किन्न भएको जग्गा प्रतिआना ९७ लाख रुपैयाँको दरले किन्ने निर्णय गरेको हो । उक्त निर्णय चैत २७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । ज्योति विकास बैंकले ७९ करोड ९६ लाख रुपैयाँमा सो जग्गा किनन लागेको हो ।

यसअघि सुमाग्रीको सो स्थानमा रहेको जग्गा तत्कालिन नेपाल बंगलादेश(एनबी) र मेगा बैंकले किनेका थिए । मेगा बैंकले आनाको १ करोड १५ लाख लाख तथा तत्कालिन एनबी बैंकले ७८ लाख रुपैयाँ आनाको दरले जग्गा किनेका थिए ।

सुमाग्रीले विशालनगरमा फ्रान्सको दूतावास रहेको जग्गा किनेका थिए । ३ वर्ष अगाडिसम्म जग्गा किन्दै आएका सुमाग्रीले नगद अभाव भएसँगै जग्गा बिक्री गर्दै लगेका हुन् । कान्तिपुरका कैलाश सिरोहियासँग तिनकुनेमा किनेको जग्गा न्यौपानेले चितवन मेडिकल कलेजका सञ्चालक हरिस न्यौपानलेलाई बिक्री गरेका थिए । सो ठाउँमा अहिले अस्पताल बन्न लागेको छ ।

सुमाग्रीले बैंकको ऋण तिर्नको लागि जग्गा बिक्री गरेका हुन् । केही समय अगाडि सुमाग्रीलाई ऋण तिर्न आउनको लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सूचना निकालेको थियो । तत्कालिन मेगा बैंकले सुमाग्रीको जग्गा किनेको हुँदा थप जग्गा किन्न सुमाग्रीले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई अनुरोध गरेका थिए । तर,मेगा बैंकका सञ्चालकले महंगो मूल्यमा जग्गा किनेको हुँदा सो स्थानमा १ करोडभन्दा तलको मूल्यमा जग्गा किन्न सकेनन् । मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सञ्चालक समितिमा विवाद छ । अदालतले सञ्चालक समितिको निर्वाचनको तालिका समेत रोकेको छ । इन्भेष्टमेन्ट बैंकलाई सुमाग्रीले ८० लाख आनाको दरले जग्गा बिक्री गर्न तयार भएपनि आन्तरिक विवादले इन्भेष्टमेन्ट बैंकले जग्गा किनेको थिएन ।

त्यही जग्गा आनाको ९७ लाखको दरले ज्योति विकास बैंकले किनेको हो ।

ज्योति विकास बैंकले भने चलनचल्तीको भन्दा बढी मूल्यमा जग्गा किनेको आरोप लागेको छ । सञ्चालक समितिले बढी मूल्यमा जग्गा किनेको आरोप लागेको हो । यसबारेमा बुझ्न खोज्दा ज्योति विकास बैंकका अध्यक्ष हरि खड्काले सञ्चालक समितिले नियम अनुसार जग्गा किन्ने प्रक्रिया अगाडि बढाएको थप जवाफ व्यवस्थापनले दिने बताए । “नियम अनुसार जग्गा किन्ने प्रक्रिया अगाडि बढेको हो, थप विषयमा व्यवस्थापनसँग बुझ्नुहोला।”खड्काले लगानीन्यूजसँग भने ।

कुनैबेला हेटौडामा सामान्य व्यवसायी रहेका सुमाग्री राजा ज्ञानेन्द्रले अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष सहयोगले माथि उठेको आरोप लाग्ने गर्छ ।

हालैमात्र बेलायती पत्रकार टम बरजिसको नयाँ पुस्तक ‘कुकुल्याण्ड’ले नेपालको टेलिकम क्षेत्रमा प्रचण्डले सुमाग्रीलाई गरेको सहयोगको खुलासा छ ।

कुकुल्याण्डमा प्रचण्डका घरबेटी, व्यवसायी अजेयराज सुमार्गी, निजी टेलिकम कम्पनीहरू र पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाईंको संलग्नतासमेत उल्लेख छ ।

पुस्तकमा माओवादीसँग नजिक हुन सुमार्गीले प्रचण्डको लागि राम्रो रक्सी खुवाएको समेत उल्लेख छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal