Skip to content

ब्याट्री अस्योरेन्स भएको टीभीएस आइक्यूब इलेक्ट्रिक स्कुटर मात्र २ लाख ९९९ रुपैयाँमा

काठमाडौं । नेपालमा दिगो यात्रा प्रवर्द्धन गर्ने प्रतिबद्धताका साथ जगदम्बा मोटर्स र टिभिएस मोटर कम्पनीले लाइफ टाइम ब्याट्री अस्योरेन्सको साथ टीभीएस आइक्यूब इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । नेपालीहरुलाई सबैभन्दा ठूलो चिन्ताको विषय भनेको ब्याट्रीको टिकाउपन, वारेन्टी र लागत हो । त्यसैले यहि विषयलाई सम्बोधन गर्दै टिभिएसले आईक्यूबमार्फत नेपालमा ईलेट्रिक स्कुटरलाई व्यापक प्रयोगमा ल्याउने उद्देश्य राखेको छ ।

ब्याट्री एस्योरेन्स कार्यक्रमको सदस्यता लिने टिभिएस आइक्यूबका ग्राहकहरूले ७०% एसओएच (स्टेट अफ हेल्थ) सम्मको ब्याट्री लाइफ प्राप्त गर्ने छन् । नेपालमा टिभिएस आइक्यूब र टिभिएस आइक्यूब एस गरी टीभीएस आइक्यूबका दुई मोडलहरु उपलब्ध हुनेछ । ग्राहक महानुभावहरुले मात्र २ लाख ९९ हजार ९ सय मा टीभीएस आइक्यूब खरिद गर्न पाउनेछन् ।
टीभीएस आईक्यूवका दुईपाङग्रे सवारी साधनहरुले नेपालमा ४ लाख ११ हजार किलोमिटर यात्रा तय गरेर १०,२७५ लिटर इन्धन बचत गरेको छ भने वातावरणमा २३,७६२ किलो कार्वन उत्सर्जन हुन रोकेको छ । विश्वमा टिभिएस आईक्यूवका करिब ३,००,००० ग्राहकहरुले करिब १.९ अर्ब किलोमिटर यात्रा तय गर्दै ४७ करोड लिटर इन्धनको बचत गर्न सफल भएका छन् भने ६९,५९० टन कार्वन उत्सर्जन हुनबाट रोकेका छन् ।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्तालेले भने, ‘हामी हाम्रो पहिलो इलेक्ट्रिक स्कुटर नेपालमा ल्याउन पाउँदा उत्साहित छाँै । हामी विश्वस्त छौँ कि लाइफटाइम ब्याट्री एस्योरेन्सको साथ नेपालको स्कुटर बजारमा विद्युतीय सवारीको प्रयोग उल्लेखनीय रूपमा वृद्धि हुनेछ । ब्याट्री एस्योरेन्स कार्यक्रमको सदस्यता लिने टीभीएस आइक्यूबका ग्राहकहरूले पाँच वर्षमै इन्धन र मर्मतमा १ लाख ३५ हजार रुपैयाँ बचत गर्न सफल हुनेछन् । पेट्रोलको मूल्य बढेसँगै यो बचत पनि बढ्नेछ । आइक्यूबका प्रत्येक ग्राहकले नेपालको पेट्रोल खपत प्रतिवर्ष करिब ३ सय लिटरले कम गर्नेछन् र कार्वन उत्सर्जन प्रति वर्ष ६९० केजिले घटाउनेछन् जुन पेट्रोल आयात गर्ने र पर्यटकीय गन्तव्य रहेको नेपाल जस्तो देशको लागि ठूलो कुरा हो।”
आई क्यूबले ग्राहकहरूलाई प्रिमियम साइलेन्ट राइडिङ अनुभवका साथ आरामदायी यात्रा दिन्छ ।
नेपालमा ३३ डिलरहरूमा उपलब्ध रहेको आईक्यूबको मूल्य २ लाख ९९ हजार ९ सय रुपैयाँबाट सुरु हुनेछ ।

थप जानकारी प्राप्त गर्नको लागि ग्राहकहरूले आधिकारिक वेबसाइट धधध।तखकलभउब।िअयmरष्त्रगदभ मा भ्रमण गर्न सक्नुहुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal