Skip to content
Prabhu

विद्युत् खपत बढाउने सन्देशसहित ‘हिमालयन हाइड्रो एक्स्पो–२०२४’ सुरु

काठमाडौं । काठमाडौँ–विद्युतीय सवारी (इभी) र्यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु भएको छ । विद्युत् खपत बढाउने सन्देशसहित स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को आयोजनामा हिमालयन हाइड्रो एक्स्पो सुरु भएको हो ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले (यालीको उद्घाटन गरे । आज बिहान इभी र्याली आयोजना गरी विद्युतीय सवारी प्रवर्द्धन र विद्युत खपत बढाउने सन्देशसहित चौथो संस्करणको एक्स्पोको सुरुआत गरिएको इप्पानका अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।
र्याली उद्घाटन कार्यक्रममा बोल्दै ऊर्जा मन्त्री बस्नेतले इप्पानले लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजना गरेको हिमालयन हाइड्रो एक्स्पोले लगानी सम्मेलनलाई सार्थक बनाउने विश्वास व्यक्त गरे ।
‘हाइड्रो एक्स्पो अघि सुरु भएको यो (यालीले स्वदेशी विद्युत खपत बढाउन र विद्युतीय सवारी प्रवर्द्धनमा सहयोगी सावित हुनेछ’, उनले भने, ‘हाइड्रो एक्स्पो नेपालको विद्यत् क्षेत्रमा लगानीको वातावरण बनाउन सहयोगी सावित हुनेछ ।’
इप्पान अध्यक्ष गणेश कार्कीले ‘हाम्रो बिजुली, हामी आफैँ खपत गरौँ’ भन्ने उद्देश्यले इभी र्याली आयोजना गरिएको बताए । सरकारले सन् २०३५ सम्ममा १३ हजार मेगावाट विद्युत् खपत गर्ने लक्ष्य लिएको छ । त्यसका लागिसमेत विद्युतीय सवारी (यालीले थप प्रवद्र्धन हुने उनको आशा छ ।
‘सरकारले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट उत्पादन र १३ हजार मेगावाट स्वदेशमै खपत गर्ने लक्ष्य लिएको छ, यसलाई सार्थक बनाउन पनि इभी र्यालीले सहयोग गर्छ’, उनले भने, ‘विद्युतीय सवारीले स्वदेशी विद्युत् खपत बढाउन सहयोगी हुनुका साथै पर्यावरणका लागि उपयुक्त हुन्छ ।’
इभी र्याली कमलादीको स्काई वाक टावरबाट सुरु भइ सिंहदरबार, बानेश्वर, सातदोबाटो, एकान्तकुना, पुल्चोक, त्रिपुरेश्वर, नारायणहिटी, हुँदै भृकुटी मण्डपमा पुगेर टुङ्गिएको थियो । (यालीमा तीन सयभन्दा बढी विद्युतीय सवारी सहभागी थिए ।
एक्स्पोको पहिलो दिन तीनवटा प्राविधिक सत्र राखिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले भोलि बिहीबार एक्स्पोको औपचारिक उद्घाटन गर्ने भएका छन् ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal