Skip to content

दुई मनिचेञ्जरको इजाजतपत्र रद्द

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वटा मनिचेञ्जरको इजाजतपत्र रद्द गरेको छ ।

राष्ट्र बैंकले काठमाडौंको मित्रनगरमा रहेको युनियन करेन्सी एक्सचेन्ज प्रालि र काठमाडौंको ठमेलमा रहेको केटीएम ओम मनि एक्सचेन्ज प्रालिको इजाजतपत्र रद्द गरेको हो ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार दुवै मनिचेञ्जरले राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप विनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा (म्याद समाप्त भएको मितिले तीन महिनाभित्र) नवीकरण गर्न नसकेकाले इजाजतपत्र रद्द गरेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi