Skip to content
Prabhu

टोपबहादुर रायमाझीलाई थुनामा पठाउने सर्वोच्चको फैसला

 

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई थुनामा नै पठाउने सर्वोच्चले फैसला सुनाएको छ ।

रायमाझी सहित ७ जनालाई थुनामा पठाउने जिल्ला र उच्च अदालतको आदेश सर्वोच्चले सदर गरेको हो ।

र्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले केहीलाई थुनामुक्त गर्ने आदेश गरे पनि पूर्वमन्त्री रायमाझी र नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, केशवप्रसाद दुलाल, सन्देश शर्मा, सागर राई, डा इन्द्रजित राई र सानु भण्डारीलाई पनि थुनामै पठाउने तल्लो तहको आदेशलाई सदर गरेको छ ।

शरणार्थी प्रकरणमा पक्राउ गरेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँड भने अदालतको आदेशबाट रिहा भएका थिए । रायमाझी माओवादी हुँदै एमाले पुगेका थिए । एमालेले अहिले रायमाझीलाई निलम्बन गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal