Skip to content

९ महिनामा निर्जीवन बीमा कम्पनीले गरे ३० अर्ब बीमा शुल्क, शिखरको अग्रता कायमै

 

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा निर्जीवन बीमा कम्पनीहरुले ३० अर्ब रुपैयाँको व्यवसाय गरेका छन् ।

बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार ९ महिनामा बीमा कम्पनीहरुले २९ अर्ब ९९ करोडको व्यवसाय गरेका हुन् । यसको लागि बीमा कम्पनीहरुले २१ लाख ९३ हजार ५४७ वटा पोलिसि बिक्री गरेका छन् ।

बीमा शुल्क आर्जनमा विगतका वर्षमा जस्तै शिखरले पहिलो स्थान कायम गरेको छ ।शिखरले ४ अर्ब २२ करोड ५५ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दा सगरमाथा लुम्बिनी ईन्स्योरेन्सले ३ अर्ब ५३ करोड ३ लाख रुपैयाँ संकलन गरेको छ । त्यसैगरी, सिद्दार्थ ईन्स्योरेन्सले २ अर्ब ८९ करोड ४ लाख, आईजीआई प्रुडेन्सियलले २ अर्ब ६४ करोड २ लाख र हिमालयन एभरेष्टले २ अर्ब ५४ करोड ८९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal