Skip to content

युनाइटेड अजोड इन्स्योरेन्सको १ लाख बढी सेयर बिक्रीमा

 

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले सेयरधनी पृथी तिवारीको नाममा रहेको १ लाख र सिर्जना जोशीको नाममा रहेको १९ हजार ८ सय ८२ कित्ता सेयर बिक्रीमा ल्याएको हो । सेयरको प्रतिकित्ता न्यूनतम मूल्य २ सय ५० रहेको छ ।

उक्त सेयर खरिदको पहिलो हकदार संस्थापक सेयरधनीहरु रहेकाले सेयर खरिद गर्न इच्छुक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको प्रधान कार्यालय सिटी मल सुन्धारामा आइपुग्ने गरी आवेदन दिनुपर्ने छ ।

सोही अवधिमा सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि आवेदन नपरेमा प्रचलित कानुनबमोजित अन्य व्यक्ति तथा संस्थामा सेयर खरिद बिक्रीको प्रकृया अगाडि बढाउने कम्पनीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal