Skip to content

राष्ट्र बैंकद्वारा बढी रेमिट्यान्स भित्र्याउने ३ वाणिज्य बैंक र ३ कम्पनीलाई सम्मान

काठमाडौं । नेपाल राष्ट्र बैंकले बढी रेमिट्यान्स भित्र्याउने तीन वाणिज्य बैंकलाई सम्मान गरेको छ । आफ्नो ६९औं वार्षिकोत्सवको अवसरमा राष्ट्र बैंकले बढी रेमिट्यान्स भित्र्याएका ग्लोबल आईएमई, हिमालयन र नेपाल एसबीआई बैंकलाई सम्मानित गरेको हो ।

जसमध्ये  हिमालयन बैंकले २०.६ प्रतिशत.  ग्लोबल आईएमई बैंकले कूल रेमिट्यान्सको २१.१ प्रतिशत  र नेपाल एसबीआईले १९.१ प्रतिशत रेमिट्यान्स उक्त आर्थिक वर्षमा भित्र्याएका थिए ।

त्यसैगरी, राष्ट्र बैंकले वाणिज्य बैंक बाहेकका अन्य कम्पनीहरुलाई पनि सम्मान गरेको छ । बढी रेमिट्यान्स भित्र्याएको भन्दै राष्ट्र बैंकले इसेवा मनी ट्रान्सफर, सिटी एक्स्प्रेस र आईएमई लिमिटेडलाई सम्मान गरेको छ । इसेवा मनि ट्रान्सफरले कूलको १२.१ प्रतिशत, सिटी एक्स्प्रेसले १४.९ प्रतिशत र आईएमईले कुलको २७.५ प्रतिशत रेमिट्यान्स गत आर्थिक वर्षमा भित्र्याएका थिए ।

त्यसैगरी, राष्ट्र बैंकले सबैभन्दा बढी डिजिटल कारोबार गरेका भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती र इसेवालाई पनि सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal