Skip to content

काठमाडौँमा ‘सफल ह्याप्पी काउ मिल्क’ उपलब्ध

काठमाडौँ । सुजल डेरीको ‘सफल ह्याप्पी काउ मिल्क’ अब काठमाडौँस्थित बजारमा उपलब्ध हुने भएको छ। कम्पनीले उपभोक्ताको मागअनुसार गाईको शुद्ध दुधलाई बजारमा ल्याएको जनाएको छ ।

कम्पनीका अनुसार दूध उत्पादन हुने क्षेत्रबाट संकलन गरिएका गाईको दूध प्राकृतिक सुगन्ध, स्वाद र पौष्टिकतालाई ध्यान दिई सावधानीपूर्वक अत्याधुनिक प्रविधिबाट प्रशोधन गरिन्छ ।

यसैगरी दूधको प्रत्येक प्याकेट क्रिमयुक्त रहेको कम्पनीको भनाइ छ । यसले सम्पूर्ण परिवारको स्वस्थता र स्वादिष्टता सुनिश्चित गरी प्रत्येक थोपामा ताजापनको अनुभव प्रदान गर्दै शुद्धता र गुणस्तरको प्रमाण दिने कम्पनीको भनाई छ।

दुधमा न्यूनतम ३.५५ प्रतिशत र न्यूनतम ७.५ प्रतिशत हुने बताइएको छ भने दूधमा शरीरलाई चाहिने Calcium, Protein र Vitamin का साथै अन्य मिनिरल पूर्ण रूपमा पाइन्छ । जसले गर्दा पौष्टिकता पाउनुको साथ साथै शरीरलाई स्वस्थ राख्न मद्दत गर्दछ ।

सफल ह्याप्पी काउ मिल्क बजारमा ५०० मिलिलिटर को पाउचमा उपलब्ध छ भने यसको अधिकतम विक्री मूल्य ६० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal