Skip to content

नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारीसम्बन्धी सम्झौता

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारीसम्बन्धी सम्झौता भएको छ। नेक्सजेनको कर्पोरेट कार्यालय मैतीदेवीमा शुक्रबार सम्झौता भएको हो। सम्झौतापत्रमा नेक्सजेन म्यानेजमेन्टका अध्यक्ष रमेशकुमार भट्टराई र लगानी हबका अध्यक्ष विष्णु पोखरेलले हस्ताक्षर गरेका छन् ।

मुलुक आर्थिक संकटको दौरबाट गुज्रिरहेको अवस्थामा नयाँ नयाँ उद्योग व्यवसाय गर्नेलाई प्रोत्साहन गर्न तथा लगानीको स्रोत पुर्याउन आवश्यक रहेको सम्झौतामा उल्लेख छ । यस्तो अवस्थामा लगानी पुर्याउन लगानी हबले सहयोग गर्ने तथा लगानी पूर्व र लगानी पश्चातको विशेषज्ञ सेवा नेक्सजेन म्यानेजमेन्टले दिने गरी सम्झौता भएको जनाइएको छ ।

नेक्सजेन म्यानेजमेन्ट सोलुसन सम्पत्ति व्यवस्थापन र बिजनेस कन्सल्टेन्सी सेवा दिने कम्पनी हो। त्यसै गरी लगानी हब प्रा।लि। लगानीको नयाँ नयाँ क्षेत्रको पहिचान गर्ने र ती व्यवसायमा लगानीको श्रोत पुर्याउने गरी स्थापित कम्पनी हो । नेक्सजेनको कर्पोरेट कार्यालय मैतीदेवी मन्दिर रोडमा र लगानी हबको कर्पोरेट कार्यालय कमलपोखरीमा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal