Skip to content
Prabhu

बेल्जियममा नेपाल फुड फेस्टिभल सम्पन्न

काठमाडौं । बेल्जियममा नेपाल फुड फेस्टिभल सम्पन्न भएको छ । नेपाली खानालाई युरोपमा चिनाउँदै नेपालमा पर्यटनको प्रबर्द्धन गर्ने उद्देश्यले बेल्जियममा नेपाली फुड फेस्टिभल सम्पन्न गरिएको हो ।

बेल्जियममा व्यवसाय गर्ने नेपालीहरुको संस्था नेपाली व्यवसायी संघ बेल्जियमले संयोजन गरेको फुड फेस्टिभल नेपाली राजदुताबास बेल्जियम तथा बेल्जियमलगायतका संघसंस्थाहरुको सहकार्यमा सम्पन्न भएको छ । नेपाली फुड फेस्टिभलको तेस्रो संस्करणमा २२ हजारभन्दा बढी मानिसहरुको सहभागिता थियो ।

फेस्टिभलमा नेपालका विभिन्न भेगमा खाइने थरीथरीका खानाका परिकार १४ वटा खानाका स्टलहरुले पाहुनाहरुलाई खानाको स्वाद चखाएका थिए । हस्तकलाका सामग्रीलाई युरोपियन बजार प्रवर्द्धन गर्ने उद्देश्यले दुइटा स्टलहरुमा हस्तकलाका सामानहरुसमेत राखिएको छ ।

स्टलमा आएर चासो राख्ने विदेशीलाई नेपाली खाना पकाउन प्रयोग हुने भाँडाकुँडा, मसलाबारे पनि जानकारी दिइएको व्यवसायी संघ बेल्जियमका महासचिव जगदिश सापकोटाले जानकारी दिए । फुड फेस्टिभल समारोहको उद्घाटन लुभेन नगरपालिका मेयर मोहमद रुद्वानीले गरेका थिए ।

उनले लुभेनमा १ सय ७० भन्दा बढी देशका मानिसहरु बस्दै आएको भन्दै नेपालीसँग झनै घनिष्ट सम्बन्ध रहेको बताए । मेयर रुद्वानीले नेपाल र नेपालीसँगको सम्बन्ध भविष्यमा अझ बलियो हुने विश्वाश ब्यक्त गरे ।

बेल्जियम र युरोपियन युनियनका लागि नेपाली राजदूत गेहेन्द्रराज भण्डारीले नेपाली खानाको मात्रै नभई नेपालको संस्कृतिको पहिचान र नेपाली आत्मियता बेल्जियमबासिले सधैं सम्झने गरेको बताए । ‘फेस्टिभलमा खानाको अलवा नेपाली विभिन्न उत्पादनहरुको पनि प्रदर्शन गरिएको छ । यी कार्यक्रमले दुई देशका जनतालाई एक आपसमा जोड्ने पुलको रुपमा काम गर्नेमा म विश्वस्त छु,’ उनले भने ।

फेस्टिभलको १५ भन्दा बढी देशका राजदूतहरु, बेल्जियम सरकार र युरोपियन युनियनका अधिकारीहरुले पनि अवलोकन गरेको र नेपाली खनाको स्वाद लिएको बताए । युरोपियन युनियनका डेपुटी डाइरेक्टर पाउला पाम्पालोनी लगायतका पदाधिकारीहरु, बेल्जियम संसदका सदस्य एबम परराष्ट्र सम्बन्ध समितिका सभापति एल्स भान होस, लगायत बेल्जियममा कार्यरत विभिन्न देशका राजदुतहरुका साथै स्थानीय बेल्जिक नागरिकहरुको ब्यापक सहभागिता थियो ।

एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले नेपाली खाना र संस्कृति प्रबर्द्धन गर्न नेबाबको प्रयास तारिफयोज्ञ छ भन्दै युरोपमा नेपाली संस्कृतिको पहिचानले नेपालको पर्यटन प्रबर्धनमा सहयोग पुग्ने बताए ।

पाहुनाहरुलाई पञ्च कन्याहरुले स्वागत गरेका थिए, आयोजक संस्थाको तर्फबाट फेस्टिबल संयोजक एबम उपाध्यक्ष कासी दनै, अध्यक्ष चिरन कुमार खवास र राजदुत राजभन्डारीले मायाको चिनो प्रदान गरेका थिए ।

धेरै समय, मेहनत र लगानी गरेर सम्पन्न गरिएको यो महोत्सब ले नेपाल र बेल्जियम को कूटनीतिक तथा सामाजिक समन्ध अझ सुमधुर हुने तथा नेपाल को पर्यटन प्रबधन तथा नेपाली खाना को रुचि युरोप को बजारमा बढ्ने कुरामा विश्वस्थ रहेको कुरा नेपाली ब्यबसायी संघ बेल्जियम तथा नेपाली फुड फेस्टिवलका अध्यक्ष चिरन कुमार खवासले बताए ।

फेस्टिभलमा नेपाली खानाको स्टल राखेर खाना सर्भिस गरेका संस्था एवं व्यक्तिहरुलाई र कलाकारहरुलाई नेबाब पदाधिकारीहरु निबर्तमान अध्यक्ष यामु निरौला, महासचिब जगदिश सापकोटा, सचिब बाबुराम शर्मा, सदस्य बेदराज पुरी लगायतले सम्मान गरेका थिए ।

फेस्टिभलमा पूरै दिन नेपाली कला संस्कृति झल्कन्ने तृत्य र झाँकी प्रस्तुत गरिएको थियो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal