Skip to content

मुगुको सोरु गाउँपालिकाका तत्काली प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियरसहित ८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगु जिल्लाको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर र सव इन्जिनियर सहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इन्जिनियर प्रकाश आचार्य र असिस्टेन्ट सव–इन्जिनियर बिक्रम बुढासहति उपभोक्ता समितिका पदाधिकारीविरुद्ध मुद्दा दायर गरेको हो ।

मुद्दा दायर भएकाहरुमा उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर बुमी, कोषाध्यक्ष धौली कामी, सचिव केवल बुढा, सोरु गाउँ कार्यपालिका सदस्य एवं अनुगमन समिति संयोजक दलवीर सार्की र वडा नं ७ का तत्कालीन अध्यक्ष राजेन्द्र बुमीरहेका छन् । उनीहरूले आर्थिक वर्ष २०७७/७८ मा मुगुको सोरु गाउँपालिका–७ अन्तर्गत दाक्च–ख्याल्च सडक निर्माण सम्झौता बमोजिम फिल्डमा भएको वास्तविक कामको नापजाँच पश्चात एकिन गरी प्रतिवेदन पेश गर्नुपर्नेमा सो नगरी सडक निर्माणमा कामभन्दा बढीको मूल्यांकन गरि भुक्तानी दिएको आरोपमा मुद्दा दायर गरिएको छ ।

सुक्खा ढुङ्गाको पर्खाल निर्माणमा ११८.९८ घनमिटर मात्रै काम भएकोमा ३४८.४३ घनमिटरको पर्खाल बनेको प्रतिवेदन तयार पारेर उनीहरुले भुक्तानी दिएको आयोगको आरोप छ । सोही प्रतिवेदनको आधारमा भुक्तानी प्रक्रियाको लागि टिप्पणी आदेश स्वीकृत गराई वास्तविक कार्यभन्दा १३ लाख ७२ हजार ३ सय ४० रुपैयाँ ४५ पैसा भुक्तानी गरेकाले उनीहरुलाई सोही बराबरको बिगो कायम गरी कैद र जरिवाना गर्न मागबादी गरी मुद्दा दायर गरिएको हो ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi