Skip to content
Prabhu

नेपाल लाइफको लाभांश घोषणा, सेयरधनीले २१.०५ प्रतिशत नगद पाउने

 

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार (आज) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/०८० को नाफाबाट २१.०५ प्रतिशतल लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५ सय ५५ रुपैयाँको २१.०५ प्रतिशतले हुन आउने १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९५९ रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । उक्त नगद लाभांशमा १.०५ प्रतिशत रकम कर प्रयोजनका लागि हुने कम्पनीले जनाएको छ ।

घोषणा गरिएको लाभांश बिमा प्राधिकरले स्वीकृत गरेर आगामी साधारणसभाबाट पारित भएपछि मात्रै सेयर धनीहरुलाई वितरण गरिने छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal