Skip to content
Prabhu

स्रोत र साधनलाई मध्यनजर गर्दै बजेट विनियोजन गर्ने प्रयास गरियोः अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले स्रोत र साधानलाई मध्यनजर गरेर बजेट विनियोजन गरिएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान माथि सामान्य छलफलको प्रारम्भ गरियो भन्ने प्रस्वातव प्रस्तुत गर्दै अर्थमन्त्री पुनले सीमित साधान स्रोतलाई जिम्मेवारीपूर्वक विनियोजन गर्ने प्रयत्न गरिएको दाबी गरेका हुन् ।

अर्थमन्त्री पुनले अर्थतन्त्र लयमा फर्किँदै गएको भए पनि अहिलेसम्म पूरै लयमा आइनसकेको र सरकारले मेहेनत गरिरहेको बताए । मन्त्री पुनले निजी क्षेत्रको मनोबल उच्च हुने गरी आफूले बजेट ल्याएको समेत दाबी गरे । बजेट अघि निजी क्षेत्रले मनोबल उकास्न सक्छ कि सक्दैन भन्दै खबरदारी र सुझाव दिने काम गरिरहेको उनले स्मरण गरे ।

‘बजेटको नीजि क्षेत्रले सन्तुलित आएको भन्दै स्वागत गरेको छ, उनले भने, ‘सन्तुलित र बस्तुवादी आयोभन्ने सुन्नपाउँदा खुसी छु ।’ उनले आफूले बजेटमा राजस्वका दरहरुलाई निकै कम मात्र चलाउन खोजेको बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal