Skip to content
Prabhu

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ११ लाख ३५ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ११ लाख ३५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सो सेयर खरिदका लागि कम्पनीले संस्थापक सेयरधनीहरुलाई आवेदनको लागि पहिले नै ३५ दिनका लागि सूचना प्रकाशन गर्दा तोकिएको समय अवधि भित्र आवेदन नपरेपछि कम्पनिले सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्रीमा ल्याएको छ ।

सेयर खरिदको लागि इच्छुक अन्य व्यक्ति वा संघसंस्थाहरुले सूचना प्रकाशन भएको ७ दिनभित्र आवश्यक कागजात संकलन गरी बैंकको रजिष्टर्ड कार्यालय काठमाडौं बानेश्वरस्थित कानुन विभागमा आवेदन पेस गर्न सक्नेछन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal