Skip to content
Prabhu

सुनको मूल्य १७ सयले बढेर नयाँ रेकर्ड कायम, आज कतिमा हुँदैछ कारोबार ?

 

काठमाडौं । नेपाली बजारमा मंगलबार छापावाला सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ १ हजार ७ सय रुपैयाँ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको भाउ १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुनको भाउ १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस सुन २ हजार ३४८ दशमलव ६६ डलरमा कारोबार भइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal