Skip to content

‘विनियोजन विधेयक’ २०८१ बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभाको आज बसेको बैठकले ‘विनियोजन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ ।

सभाको आजको बैठकमा उक्त प्रस्ताव अर्थ अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेका थिए। यसअघि बैठकमा अर्थमन्त्री पुनले विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै विनियोजन विधेयकमा २०८१/८२ को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोष रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न संसद्समक्ष पेस गर्नुपरेको बताए।

उनले सञ्चित कोषबाट चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्थासमेत गरी १४ खर्ब ५७ अर्ब चार करोड ९६ लाख रुपैयाँ खर्च गर्न प्रस्ताव गरिएको उल्लेख गरे । उनले भने, ‘अधिकांश विषयवस्तु साविकको अुनरुप नै आएका छन्, तर केही नयाँ विषय हामी त्यसमा समावेश गरेका छौँ ।’ मन्त्री पुनले विधेयकले विषयगत मन्त्रालयलाई बजेटको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उक्त प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसदहरु दयालबहादुर शाही, राजनकुमार केसी, हितराज पाण्डे र प्रेम सुवालले भाग लिएका थिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima