काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले २०
प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
असोज १ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । १० प्रतिशत नगद लाभांशबापत सेयरधनीलाई १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ वितरण हुनेछ ।
बैंकले अग्राधिकार सेयरधनीका लागि ८.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । यसका लागि १० करोड ७५ लाख ८९ हजार ४१ रुपैयाँ रहेको छ । अग्राधिकार सेयरको लाभांश सेयर बाँडफाँड भएको मितिदेखि २०८३ असार मसान्तसम्मको अवधिका लागि समानुपातिक रूपमा प्रदान गरिने बैंकले जनाएको छ ।
प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ ।






प्रतिक्रिया दिनुहोस्