Skip to content
Prabhu

माथिल्लो तमोर २८५ मेगावाट जलविद्युत आयोजनामा ३८ अर्ब ६० करोड ऋण प्रवाह हुने

काठमाडौं । निजी क्षेत्रको लगानीमा अहिलेसम्मकै ठूलो माथिल्लो तमोर २८५ मेगावाट बनाउन लगानीको स्रोत जुटेको छ ।

एभरेष्ट बैंकको नेतृत्वमा ६ वटा बैंकले माथिल्लो तमोरमा ऋण दिने भएका हुन् ।

एभरेस्ट बैंकको नेतृत्वमा सहायक नेतृत्व कृषि विकास बैंक र हाइड्रोइलेट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसिएल) रहेका छन । यस्तै, राष्ट्रिय वाणिज्य बैंक, प्रभु, लक्ष्मी सनराइज, नेपाल एसबीआई, कामना सेवा बैंकले ऋण दिन लागेको हुन् ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको उपस्थितिमा आयोजना र ऋण दिने बैंकबीच सम्झौता भएको छ ।

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र तमोर इनर्जी प्रालिका अध्यक्ष पुष्पज्योति ढुंगानाले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

एभरेष्टले ५ अर्ब, एचआईडीसीएल र कृषि विकास बैंकले ४/४ अर्ब, प्रभु र राष्ट्रिय वाणिज्य बैंकले ३/३ अर्ब, लक्ष्मी सनराइज बैंकले २ अर्ब, नेपाल एसबिआई बैंकले १ अर्ब, गरिमा विकासले १ अर्ब रुपैयाँ ऋण दिने छन् ।

आयोजनामा कुल ५५ अर्ब लगानी ९ब्याजसहित० लाग्ने कम्पनीको भनाइ छ । आयोजनामा ३० प्रतिशत स्वपुँजी (ईक्विटी) र र ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाको लगानी हुने भएको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal