काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई भरतपुर भम्रण वर्र्ष २०२४ लाई लक्षित गर्दे सौराहामा अवस्थित विभिन्न होटल तथा रेष्टुरेन्टसँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ।
छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट बागमती प्रदेश, चितवन कल्सटरकी प्रमुख सांग्रिला श्रेष्ठ र सौराहाका शाखा प्रबन्धक मणि मानन्धरद्वारा हस्ताक्षर गरियो ।
उक्त सम्झौताअनुसार प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
प्राकृतिक, साँस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिहरुले भरिपूर्ण भरतपुर जिल्ला बिभिन्न प्राकृतिक छटाले भरिपूर्ण रमणीय पर्यटकीय स्थलका रुपमा चिनिन्छ । सौराहा, मेघौली, कसरा, देवघाटधाम जस्ता रमणिय एवंम धार्मिक क्षेत्रको भ्रमण गर्नेहरुका लागि उपयुक्त गन्तव्यका रूपमा लिन सकिन्छ ।
बिभिन्न देश तथा विदेशबाट यस स्थानमा पर्यटकहरुको आगमन हुने गरेको पाईन्छ । विश्वमै अति दुर्लभ एक सिङ्गे गैँडा, बिभिन्न प्रजातीका चराचुरुङ्गी, मृग जस्ता जङ्गली जनावरहरु एवं वन तथा वन्यजन्तुहरुको आरक्षणको अवलोकन का निम्ति जिपसफारी, हात्तीसफारी र थारु समुदायको बाहुल्यता रहेको यस नगरीमा उनीहरुको सांस्कृतिक, पुरातात्विक एवंम मौलिक किसिमको नृत्य पर्यटकहरुका लागि मुख्य आकर्र्षणको केन्द्र हो ।
सो सम्झौता बमोजिम ग्राहक वर्ग तथा प्रभु बैँकका कर्मचारीहरुका लागि आवासमा ८ देखि १५ प्रतिशत तथा खाना तथा पेय पदार्थमा १० प्रतिशतदेखि १५ प्रतिशतसम्मका छुटहरु प्राप्त हुने छ । सहभागी होटलहरुको सूची निम्नअनुसार समावेश छ ।
बैंक र होटल एकावा इन (फोर स्टार होटल), सपना भिलेज लज, सिद्धार्थ भिल्लास बनबास, चितवन (होटेल बनबास चितवन), होटल वाइल्डलाइफ क्याम्प, पार्क सफारी रिसोर्ट, चौतारी गार्डेन रिसोर्ट, राइनो लज एण्ड होटल, होटल रोयल सफारी, द पार्क सेन्चुरी होटल (भिल्लाजियो रेस्टुरेन्ट र होटल), ट्राभलर्स जङ्गल क्याम्प, होटल मिराज, ओपन सेकुवा कर्नर, रिभर भ्यू जंगल क्याम्प, हिमालयन इन, जंगल सफारी लज, रोयल टाइगर लक्जरी होटलबीच सम्झौता भएको हो।
ग्राहकहरुको रोजाइको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३ सय २ शाखा कार्यालय, २ सय ८५ एटिएम साथै ७० एक्सटेन्सन काउन्टरमार्पmत गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । साथै, छोटो समयको अन्तरालमा नै फिनाकल इन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।
प्रतिक्रिया दिनुहोस्