Skip to content

५ लाख १४ हजार बराबरको नक्कली नोटसहित २ जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले ५ लाख १४ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित दुई जनालई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१४ बस्ने ४७ वर्षीया तारादेवी डङ्गोल र काठमाडौँ नागार्जुन नगरपालिका–५ बस्ने ४१ वर्षीया निलिमा श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, “काठमाडौं कलङ्कीस्थित सेतो खरायो रेष्टुराँनजिक नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा हाम्रो परिसरबाट खटिएको विशेष प्रहरी टोलीले निजलाई गए राति पक्राउ गरी आज सार्वजनिक गरेको हो ।’

प्रारम्भिक अनुसन्धानका क्रममा उक्त कार्यमा निलिमा श्रेष्ठको सङ्लग्नता देखिएपछि निजलाई नागार्जुन–५ स्थित पद्मा कोलनीबाट नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima