Skip to content

मल्टीपर्पस फाइनान्सको संस्थापक सेयर बिक्रीमा

 

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले सेयरधनी सुमन कुमार मिश्राको नाममा रहेको १ हजार ३९४ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । सेयर खरिदको पहिलो हकदार संस्थापक सेयरधनीहरु भएकाले सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी के कति सेयर खरिद गर्ने हो सो समेत खुलाई कम्पनी सचिवको कार्यालयमा आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

सो समयावधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थामा सेयर बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले सूचनामार्फत जानकारी गराएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima