Skip to content
Prabhu

सेयर बजारमा करेक्सन, परिसूचक ९ अंकले घट्यो, कारोबार ६ अर्ब

 

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजारमा करेक्सन देखिएको छ । पछिल्लो दुई दिन लगातार बढेको सेयर बजार परिसूचक बिहीबार करेक्सन देखिएको हो ।

अघिल्लो दिन सामान्य अंकले बढेको सेयर बजार परिसूचक आज ९ दशमलव ३२ अंकले घटेर २११२ दशमलव २९ विन्दुमा पुगेको छ । अघिल्लो दिन सेयर बजारमा ६ अंकको वृद्धि भएको थियो । साताको कारोबार हुने अन्तिम दिन बजार परिसूचक करेक्सन भएर बन्द भएको हो ।

कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घटे पछि समग्रमा बजार परिसूचक नकारात्मक भएको हो । आज १४८ कम्पनीको सेयर मूल्य घटेको छ भने ९३ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । त्यस्तै ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । नेप्से परिसूचक घटे पनि कारोबार रकममा भने सुधार आएको छ । अघिल्लो दिन ५ अर्ब बढीको कारोबार भएको सेयर बजारमा आज ६ अर्ब बढीको कारोबार भएको छ ।

आज ३१३ कम्पनीको १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता सेयर ७७ हजार ४०० पटक खरिद बिक्री हुँदा ६ अर्ब ४४ करोड ३० लाख २९ हजार २०९ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ७२ अंकले घटेर ३७४ दशमलव १८ विन्दुमा पुगेको छ । आज दुई उपसमूहको सेयर मूल्य मात्रै बढेको छ । बाँकी १३ उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ ।

बिहीबार समग्र बजार घटे पनि २ कम्पनीको सयर मूल्यमा सकारात्मक सर्किट लागेर बन्द भएको छ । एउटा कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । आज समृद्धि फाइनान्स लिमिटेड र कुथेली बुखारी साना जलविद्युत लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै मिडसोलु हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal