Skip to content

नेपाल माइक्रो इन्स्योरेन्सको खर्च बढेपछि नाफा ४३.९१ प्रतिशतले घट्यो

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त कम्पनीको वित्तीय विवरण अनुसार खुद नाफा आर्थिक वर्ष २०८० र८१ को सोही अवधिको तुलनामा घटेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १६ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.९१ प्रतिशत कम हो। आर्थिक वर्ष २०८० र८१ कम्पनीले २९ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क ३१०.३६ प्रतिशत र कुल आम्दानी १०३.१३ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको कुल दाबी ३७७.०१ प्रतिशत र कुल खर्च ११०.२५ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३४ पैसा घटेर २२ पैसामा सीमित भएको छ। गत असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ ८६ पैसा रहेको छ।

७५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको विशेष जगेडामा ४३ लाख १८ हजार रुपैयाँ, महाविपत्ती कोषमा ४ लाख ३१ हजार रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ्ग ५७ लाख रुपैयाँ र अन्य इक्विटी ९३ हजार रुपैयाँ ऋणात्मक रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T