Skip to content
Prabhu

श्रीलंकाको अर्थतन्त्र सन् २०२४ मा २.२ प्रतिशतले विस्तार हुने विश्व बैंकको अनुमान

कोलम्बो । श्रीलंकाकाको अर्थतन्त्र सन् २०२४ मा २.२ प्रतिशतले विस्तार हुने र सन् २०२६ मा तीन प्रतिशत पुग्ने अपेक्षा विश्व बैंकले गरेको छ ।

सन् २०२४ को प्रारम्भमा, पाकिस्तान र श्रीलंका लगायतका धेरै देशहरूमा निजी क्षेत्रको गतिविधि बढेको छ, रिपोर्टमा उल्लेख गरिएको छ । रिपोर्टका अनुसार श्रीलङ्कामा आर्थिक गतिविधि सुदृढ भएको भई पर्यटन र रेमिट्यान्स पनि पुनः प्राप्त भएको छ । यद्यपि तिनीहरू पूर्व–महामारीको स्तरभन्दा तल रहेका छन् ।

दक्षिण एसिया क्षेत्रको आर्थिक वृद्धि सन् २०२४ मा ६।२ प्रतिशतमा झर्ने र सन् २०२५–२६ सम्ममा यो दर कायम रहने अनुमान गरिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal